गृहपृष्ठ जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

जनकपुरधाम । मधेश प्रदेशस्थित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको आफ्नो पाँचौँ वार्षिक प्रतिवेदन विवरण प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई बुझाएका छन् ।

आयोगले बिहीबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णसमक्ष पेश गरिएको आयोगका प्रवक्ता प्रसन्न कर्णले जानकारी दिएका छन् । उनका अनुसार प्रतिवेदनमा आयोगबाट सम्पादन गरिएका कार्य, गतिविधि तथा प्रगतिसहितको विवरण प्रतिवेदनमा समेटिएको छ ।

प्रदेश जनलोकपाल आयोगले प्रत्येक आर्थिक वर्षमा आफूले गरेका काम तथा उपलब्धिको विवरणसहित वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्दै आएको छ ।

आयोगबाट पेश गरिएको प्रतिवेदन प्राप्त गर्दै प्रदेश प्रमुख कर्णले प्रतिवेदनमा समेटिएका विषयले प्रदेशमा सुशासन, जवाफदेहिता र सार्वजनिक निकायको कार्यसम्पादनबारे महत्वपूर्ण जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गरेको जनाइएको छ ।

जनलोकपाल आयोगमा गत आर्थिक वर्षमा ५१ वटा मुद्दा दर्ता भएको छ । प्रदेश सरकारतर्फ २२ र स्थानीय तहतर्फ २८ र एक अर्धन्यायिक निकायविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये १५ वटा मुद्दा फर्सौट गरि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई बुझाइ सकिएको आयोगका अध्यक्ष रामसहाय यादवले जानकारी दिएका छन् ।

आयोगमा हालसम्म ११७ वटा मुद्दा दर्ता भएको हो । ती मध्ये १० वटा मध्ये चालु आर्थिक वर्षको साउनदेखि हालसम्म दर्ता भएको उनले जनाएको छ ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु