काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘संघीयताको अर्थराजनीति’ पुस्तक बजारमा

23.31K
shares

स्थानीय विकास तथा संघीयता विज्ञ विनोद न्यौपानेद्वारा लिखित पुस्तक ‘संघीयताको अर्थराजनीति’ बजारमा आएको छ । पुस्तकमा विकेन्द्रीकरण, संघीयता, अन्तरसरकारी सम्बन्ध र अहिलेको राजनीतिक आर्थिक वहाबका साथै ऐतिहासिक, आर्थिक, सामाजिक रुपान्तरमा भइरहेका अनुसन्धान र विश्वव्यापीकरणको वहाबमा संघीयता शासन व्यवस्थालगायतका विविध आयाम समेटिएका छन् ।

त्यस्तै विश्वमा चलिरहेका संघीयताका मोडललाई अर्थराजनीतिक ढाँचाबाट विवेचना गर्दै नेपालको संघीयताका  ‘सबल-कमजोर’ पक्ष ‘चुनौती र अवसर’का बारेमा धरातलीय यथार्थता र आर्थिक-राजनीतिक सामर्थ्यका आधारमा विश्लेषण गरिएको छ । पुस्तक किन लेख्नुपर्‍यो भन्ने सन्दर्भमा लेखक भन्छन्- ‘यो पुस्तक लेख्नुको एउटामात्र उद्देश्य नेपालका राजनीतिक दलका नेता-कार्यकर्ता, जनप्रतिनिधि, सरकारी कर्मचारी, दातृनिकायका कारिन्दा र संघीयताको कार्यान्वयनका सवालमा विभिन्न क्षेत्र र निकायसँग जोडिएर काम गरिरहेकाहरुलाई संघीयताको अर्थराजनीतिबारे ‘साक्षर’ मात्र पार्न खोजेको हुँ, संघीयताको बारेमा साँवा अक्षर चिनेपछि बाँकी खोजीनीति गर्ने इच्छा र विवेक सम्बन्धित संस्था र व्यक्तिमा आइदिए मेरो उद्देश्य पूरा भएको  मान्नेछु ।’

पुस्तकका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टिप्पणी यस्तो छ‑ पुस्तकमा संघीयताको पाटो देखाउँदै हिजो र आजको भूगोल, सामाजिक चेतना, जनसंख्याको बनोट, स्रोत-साधन र बसाइँ-सराइको प्रवृत्ति आदिलाई जातजातिभित्र छिरी मोही पारेर नौनी निकालेझैं मिहिन विश्लेषणका साथै (संघीयताको) अब अगाडि जाने बाटो प्रस्ट देखाइएको छ ।

सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक ५०८ पृष्ठको छ । पुस्तकको मूल्य ७९५ रुपैयाँ छ ।