काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वदेशी वस्तुलाई प्राथमिकता दिन निर्देशन

15.14K
shares

सबै सरकारी निकायहरूले सार्वजनिक खरिदका क्रममा स्वदेशी वस्तुलाई प्राथमिकता दिन सरकारले निर्देशन दिएको छ । सरकारको सार्वजनिक खरिद प्रणालीसम्बन्धी नियामक निकाय सार्वजनिक खरिद कार्यालयले बुधबार एक परिपत्र जारी गरी स्वदेशी वस्तुलाई प्राथमिकता दिन भनेको हो ।

सार्वजनिक खरिद कार्यालय प्रधानमन्त्री कार्यालय मातहतको जिम्मेवार नियामक निकाय हो, जसले सरकारको ठेक्कापट्टासहित सबै किसिमका सार्वजनिक खरिदसम्बन्धी कानुन, नियमावली बनाउने, त्यसको नियमन गर्ने काम गर्छ ।

यो कार्यालयले दिएको निर्देशन सबै सरकारी कार्यालय, सार्वजनिक संस्थानसहितका सार्जननिक निकायहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ ।

विगतमा सरकारले निर्देशिका नै जारी गरेर सार्वजनिक खरिदमा स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको भए पनि गुणस्तर र अन्य बहानामा सरकारी निकायहरूले स्वदेशी वस्तुलाई निरुत्साहित गर्ने क्रम बढेपछि यो निर्देशन जारी गरिएको हो ।

परिपत्रमा सार्वजनिक खरिद नियामावली २०६४ को नियम १७ मा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी नै खरिद गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा सहभागी हुने स्वदेशी कम्पनी वा फर्मका कबोल अंक विदेशीको भन्दा ५ प्रतिशत बढी भए पनि स्वदेशी नै छनौट गर्नुपर्ने व्यवस्थाको स्मरण गराइएको छ ।

सार्वजनिक खरिद कार्यालयले २०६४ मा बनेको नियमावलीले तोकेको १५ प्रतिशतसम्म महँगोका सीमा उल्लेख गरेको भए पनि २०६९ र २०७१ मा जारी भएका ‘सार्वजनकि निकायमा स्वदेशी वस्तुको उपोग गर्नेसम्बन्धी निर्देशिका’ र त्यसयता विभिन्न बजेटले ५० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने उल्लेख गरेका थिए ।

सार्वजनिक निकायमा खपत हुने स्वदेशी वस्तु किन्दा गुणस्तरको प्रत्याभूति हुनुपर्ने, नेपाल गुणस्तर प्रमाण चिह्न पाएका वा तोकिएको निकायमा दर्ता भएका उद्योगबाट उत्पादित वस्तु अथवा परम्परागत सीप र प्रविधिको प्रयोग गरी स्थानीय स्तरमा उत्पादित सामग्री हुनुपर्ने व्यवस्था छ ।

‘सार्वजनिक निकायहरूले बोलपत्र आह्वान लगायतका खरिद प्रक्रियाको अवलम्बन गर्दा गुणस्तरमा कुनै सम्झौता नहुने गरी स्वदेशी उत्पादनलाई प्रतिस्पर्धाबाट बञ्चित गर्ने कुनै पनि शर्तजन्य बन्देज नलगाउन हुन अनुरोध छ,’ सार्वजनिक खरिद कार्यालयको परिपत्रमा भनिएको छ ।

उसले गुणस्तर नियन्त्रणका लागि शर्त राख्न आवश्यक भएमा नेपाल कानुनले दिएको सुविधा वा प्रोत्साहनको प्रतिकूल नहुने, प्रतिस्पर्धामा संकुचन नहुने र बजार विश्लेषण गरिएको सुनिश्चित गरेरमात्र शर्त राख्न मिल्ने जनाएको छ ।