काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडाैं उपत्यकामा संक्रमणदर उस्तै, २४ घण्टामै थपिए ६९६ संक्रमित

11.47K
shares

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । हरेक दिन औसत पाँच सयका दरले संक्रमित थपिने क्रम जारी छ । आज ६ सय ९६ संक्रमित थपिएका छन् । यो संख्या उपत्यकामा एकैदिन थपिएको संख्यामध्ये अहिलेसम्मकै उच्च हो ।

शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्र ६ सय २० रहेका छन् । त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।