१,४५४ जना कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज
वि.सं.२०७७ भदौ २६ शुक्रवार २२:१३
shares

पछिल्लो २४ घण्टाभित्र देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।
देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।

























