global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा मनोहर दास मुल

लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा मनोहर दास मुल

लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा मनोहर दास मुल

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । १७औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको हो । संस्थापक सेयर धनीका तर्फबाट सञ्चालक समितिमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा समितिको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराए । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयर धनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पुँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु