global ime bank Long Banner Ad

गृहपृष्ठ एक्साइडको डिलर मिट

एक्साइडको डिलर मिट

एक्साइडको डिलर मिट

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंङ प्रालिले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिंङ प्रालिका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले कम्पनी नेपाली बजारमा  निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण वितरकहरुको माया र विश्वास रहेको बताए ।

ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु