global ime bank Long Banner Ad

गृहपृष्ठ ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

चलचित्र विकास बोर्डले ‘आमा’लाई नेपालकाे पहिलाे फिल्मकाे मान्यता दिएको छ । २०२२ सालमा प्रदर्शित यो फिल्म नेपालकाे पहिलाे चलचित्र भएकाे विकास बोर्डले आफ्नाे आधिकारिक वेबसाइटमा उल्लेख गरेकाे छ ।

२००६ सालमा प्रदर्शनमा आएको ‘हरिशचन्द्र’ र ‘आमा’बीच कुन पहिलाे नेपाली फिल्म हो भन्ने विषयमा विवाद थियो । डीबी परियारको निर्देशनमा बनेको ‘हरिशचन्द्र’ भारतमा बनेको नेपाली भाषी फिल्म भएकाले यसलाई पहिलो नेपाली फिल्म भन्न नमिल्ने तर्क रहँदै आएकाे थियाे ।

आमाकाे छायांकन नेपालमा र प्राविधिक काम भारतमा भएको थियाे । फिल्म आमालाई भारतीय निर्देशक हिरासिंह खत्रीले निर्देशन गरेका थिए । फिल्ममा भुवन चन्द्र, शिवशंकर मानन्धर, चैत्यदेवी, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु