nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिहीबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु