nmb bank

गृहपृष्ठ कांग्रेसकी पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता

कांग्रेसकी पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता

कांग्रेसकी पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता

नेपाली कांग्रेसकी सांसद् पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केही बेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन् । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।

दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ । यो संसद्को कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु