काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयनमा गाभिने भयो सिभिल बैंक

12.33K
shares

हिमालयन बैंकले सिभिल बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकबीच भएको समझदारीअनुसार हिमालयन बैंकले अब सिभिल बैंकको सेयर प्रतिकित्ता ८१ रुपैयाँका आधारमा कारोबार गर्ने छ ।

प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक नै रहने छ । सञ्चालक समिति हिमालयन बैंककै रहने गरी भएको समझदारीअनुरूप समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा बन्ने छन् ।

हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको नौ अर्ब सात करोड रुपैयाँ छ । १००ः८१ का दरले पुँजी समायोजन हुँदा सिभिलको करिब सात अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यसअनुसार नयाँ बन्ने बैंकको पुँजी २० अर्ब ३० करोड रुपैयाँभन्दा माथि हुने देखिएको छ ।

लगानीतर्फ हिमालयन बैंकको एक खर्ब ५८ अर्ब र सिभिल बैंकको ८६ अर्ब ७४ करोड रुपैयाँ छ । निक्षेपतर्फ हिमालयन बैंकको एक खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको जनाइएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कुल शाखा संख्या १८९ पुग्ने छ । यस कदमले संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्यक्षमतामा उल्लेख्य प्रगति हुने हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बताए ।