गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

काठमाडौं । रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

कम्पनीका अनुसार कुल ७२ लाख रुपैयाँमध्ये संस्थागत रूपमा ५१ लाख रुपैयाँ र कम्पनीका सञ्चालक तथा कर्मचारीहरूबाट २१ लाख रुपैयाँ योगदान गरिएको छ। उक्त रकमको एकमुष्ट चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

गत भदौ १० गते रसुवासहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले सहयोग गरिरहेका छन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाढी तथा विपद्का कारण ज्यान गुमाएकाहरूको स्मृतिमा श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीले जनाएको छ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु