कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?
वि.सं.२०७९ असार २९ बुधवार १७:४२
shares

नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए पनि विगत दुई दशकयता हामीले धेरै विकासका परियोजनाहरू भइरहेको देख्न सक्छौँ । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको पाइन्छ ।
नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जल-विद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन् । निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगारदेखि दक्ष-अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी दोश्रो ठूलो रोजगारदाताको रूपमा रहेको छ । जसले हाम्रो राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनमा ठूलो भूमिका खेल्छ ।
परियोजना सानो ठूलो जस्तो भए पनि निर्माण कार्यमा चाहिने निर्माण सामग्रीहरू जस्तै: ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, काठ तथा रडहरु हुन् । निर्माण सामग्रीमा पनि हरेक निर्माण सामग्री गुणस्तरीय छान्नु अत्यन्तै महत्वपूर्ण रहेको छ । कुनै पनि एक निर्माण सामग्री कच्चा वा गुणस्तरहीन भएमा, त्यसले समग्र निर्माण परियोजनामा नै दीर्घकालीन असर गर्दछ । हामीले रड, सिमेन्टको बारेमा त राम्रै बुझेका छौँ, गुणस्तरीय नै खोज्छौँ तर हामीले निर्माण गर्दा पाइप र फिटिङलाइ पनि उतिकै महत्व दिएर गुणस्तरीय छान्नुपर्ने हुन्छ ।
निर्माणको क्रममा राम्रा गुणस्तरको पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइपभित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने लगायतका समस्याहरू आउने गर्दछन् । पाइप पर्खालको भित्रपट्टि प्रयोग हुनाले कुनै पनि समस्या आइपर्दा पर्खाल नै सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । जसले संरचनाको स्वरुप नै बदल्छ । यो सबै हुन नदिन सुरुमा नै गुणस्तरीय तथा प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ ।
एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्छन् । भान्छा र बाथरुमको लागि सीपीभीसी, ड्रेनेजको लागि ड्रेनेज पाइप (जस्तै: मंगलम प्रोड्रेन) र वायरिङको लागि इलेक्ट्रिकल कन्डुएट पाइप (जस्तै: मंगलम वायर-सेफ) । खानेपानी र ड्रेनेजको लागि छुट्टा-छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि वायरिङको लागि भने कालो एचडीपीई पाइप नै अझै पनि प्रयोग गरिन्छ । वायरिङको लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर-सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ । ग्राहकको विश्वसनीयता र प्लम्बिङ प्रणालीहरूको आवश्यकताहरू ध्यानमा राख्दै मंगलम समूहले नेपाली बजारमा प्लम्बिङ सामग्रीहरू उत्पादन र वितरण गर्दै आएको छ ।
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादनहरू आइएसओ ९००१:२०१५ प्रमाणित रहेको कम्पनीले जनाएको छ भने मंगलमको सीपीभीसी, पीभीसी र एचडीईपी पाइप आइएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन् ।

























