काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

6.36K
shares

नेपाली बजारमा बुधबार पनि सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनकाे प्रतितोला मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएकाे छ । त्यस्तै तेजावी सुनको मूल्य पनि दुई सय रूपैयाँ नै घटेकाे छ । तेजाबी सुन बुधबार प्रतिताेला ९३ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

त्यस्तै बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । प्रतितोला ५ रुपैयाँले घट्दै आज चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।