गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहलाई केबलकारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।
सम्झौताअनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी टिकट खरीद गर्दा १० प्रतिशतसम्मको छूट प्राप्त गर्न सकिने छ । यसले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय : १७:४४ बजे