गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त
आइएमई जनरल इन्स्योरेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त
आइएमई जनरल इन्स्योरेन्सको (आइजीआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।
रघुवंशी नेपालको आइटी क्षेत्रमा क्रियाशील छन् । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ । माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपूर्ण योगदान दिएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी सन् २००१ मा स्थापना भएको हो । २ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यक्ति तथा समूहरुको संलग्नता छ ।
प्रकाशित समय : १८:२० बजे



















