गृहपृष्ठ विश्वप्रकाशको प्रश्न– प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?

विश्वप्रकाशको प्रश्न– प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?

विश्वप्रकाशको प्रश्न– प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनी प्रश्न गरेका छन् । 

बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता गरेपछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । 

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौँ हामी,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु