गृहपृष्ठ गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेको निधन
गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेको निधन
गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ६७ वर्षका थिए ।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला शुक्रबार बिहान आबेमाथि गोली प्रहार भएको थियो । भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो । गोली लागेपछि उनी भुइँमा ढलेका थिए ।
संदिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ । उनी प्रहरी हिरासतमा छन् । जापानमा हाते बन्दुक प्रतिबन्धित छ । त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ ।
प्रकाशित समय : २०:४३ बजे


















