गृहपृष्ठ ‘परदेशी-२’ को टिजर रिलिज, प्रदर्शन मिति तय
‘परदेशी-२’ को टिजर रिलिज, प्रदर्शन मिति तय
चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।
टिजरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा सिवाकोटी लगायतलाई प्रस्तुत गरिएको छ । नारायण इन्टरनेशनल प्रालिको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् । चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।
बीबी अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको छ । गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मिना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।
टिजर :
प्रकाशित समय : २१:०५ बजे


















