गृहपृष्ठ नेप्सेमा आज पनि पहिरो
नेप्सेमा आज पनि पहिरो
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रबार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ ।
कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बिमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बिमा र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ५.४४ प्रतिशत घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको सेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ ।
प्रकाशित समय : २१:२२ बजे


















