nmb bank

गृहपृष्ठ बलात्कार मुद्दाको हद म्याद बढाउने निर्णय

बलात्कार मुद्दाको हद म्याद बढाउने निर्णय

बलात्कार मुद्दाको हद म्याद बढाउने निर्णय

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ ।

यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ । प्रचलित कानुनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर बालिकको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्थासहित समितिले निर्णय गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

थुनामा वा अपहरणमा रहेको अवस्थामा अपहरणमुक्त वा थुनामुक्त भएको तीन महिनापछि औषधि उपचार गर्नका लागि समयसमेत दिने र त्यसपछिको तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने सभापति सभापति पोखरेलको भनाइ छ ।

वृद्धवृद्धाकाे हकमा पनि हद म्याद बढाएर तीन वर्ष पुर्‍याइएकाे छ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु