गृहपृष्ठ प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बजेटमा अनाधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरुले नै दबाव दिइरहेका छन् ।
सोमबार संसदमा प्रतिपक्ष दल नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका थिए । कांग्रेसकै महामन्त्री गगन थापाले राजीनामा वा बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए । सत्ता गठबन्धनमा आबद्ध दलले समेत उनको राजीनामा मागेपछि प्रधानमन्त्री दबावमा परेका छन् ।
प्रकाशित समय : २०:१७ बजे



















