काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

14.03K
shares

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बजेटमा अनाधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरुले नै दबाव दिइरहेका छन् ।

सोमबार संसदमा प्रतिपक्ष दल नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका थिए । कांग्रेसकै महामन्त्री गगन थापाले राजीनामा वा बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए । सत्ता गठबन्धनमा आबद्ध दलले समेत उनको राजीनामा मागेपछि प्रधानमन्त्री दबावमा परेका छन् ।