काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तिहारका लागि फूल तयार हुदेै

588
shares

घोराही । तिहार नजिकिएसँगै दाङमा सयपत्रि फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा माला उन्ने तयारीमा यहाँका किसान छन् ।

घोराही उपमहानगरपालिका(१४ झिङ्गौराका ४२ वर्षीय लोकेन्द्र रोकामगरले खेतमा सयपत्री फूल बिक्रीका लागि तयार भएका बताए । उनले १३ वर्षदेखि फूलखेती गर्दै आएको छन्। यस वर्ष पनि दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको उनले बताए । घोराही(५ धर्नामा एक बिघा, घोराही(१६ तेरौँटेमा दुई कट्ठा र घर नजिक झिङ्गौरामा १८ कट्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्रि फूलखेती गरिरहेको उनले जानकारी दिए ।

चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेका हुन्छन् । व्यावसायिक रूपमा फूलखेती गर्ेका उनले यसबाट आफू सन्तुष्ट रहेको बताए । “आम्दानी पनि जीविकोपार्जनका लागि पुग्ने छ । फूलखेती गर्नुभन्दा अघि वैदेशिक रोजगारमा थिएँ । विदेशमा जानुभन्दा स्वदेशमै केही गर्नु प्रभावकारी विकल्प हो,” उनले भने ।

लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती गर्न थालेको मगरले बताए । “बाहिरी देशमा कमाएको भन्दा स्वदेशमा फूलखेतीबाटै प्रशस्त आम्दानी भइरहेको छ । अब विदेश नजाने, बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ,” उनले भने । फूलखेतीबाट वार्षिक २० देखि २५ लाखको कारोबार हुने जनाउँदै कारोबारको करिब आधा रकम बचत हुने गरेको उनले बताए ।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व तथा अन्य शुभकार्यका लागि माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो । तिहारका लागि फूल तयार भइसकेको र पानी परेपछि बिग्रने डरले केही फूल टिपेर चिस्यान केन्द्र ‘कोल्डस्टोर’ मा राख्ने गरिएको उनले बताए । जलजला पुष्पखेती तथा नर्सरी फार्म दर्ता गरेर व्यावसायिक फूलखेती गर्दै आएका रोकामगरले फूलखेतीसँगै विभिन्न जातका फूलका बोटबिरुवा उत्पादन गर्दै आएको छन्।

कैलालीका दशरथ साउद र कपिलवस्तुका भास्कर पङ्गेनीले पनि दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा व्यावसायिक रूपमा गरेको खेतीमा ढकमक्क पनि फूल फुलेका छन् । उनिहरूले यस वर्ष एक बिघा जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेका छन्।

रोल्पाको माडी गाउँपालिका(१ जबाङ दुदिलाबोट स्थायी घर भएका २८ वर्षीय वीरेन्द्र खड्काले घोराही(७ घुस्रामा १० कट्ठा जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेका छन् । उनले तिहारलाई लक्षित गरी फूलखेती गरेका हुन्। उनले छ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । उहाँले कृषि विज्ञानमा प्रमाणपत्र तह (आइएस्सिएजी) अध्ययन गरेका छन् ।

घोराही(१३ डुम्मर गाउँका इन्द्रा बुढाले करिब सात कट्ठा जग्गामा व्यावसायिक फूलखेती गरेका छन् । विगत नौ वर्षदेखि उनले व्यावसायिक रूपमा फूलखेती गदै आएको हुन्। “अहिले तिहारका लागि फूल तयार भइसकेका छन् । माग आउन थालेसँगै बनाउन सुरु गछौँ,” उनले भने । माला बनाएर कोल्डस्टोरमा राख्ने उनले बताए ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती थालिएपछि बाहिरबाट आउने कृत्रिम मालालाई पनि विस्थापित गर्न थालेको जानकारहरू बताउँछन् । उनले फूलखेतीबाट वार्षिक रूपमा पाँच देखि सात लाखसम्म बचत गरिरहेको जानकारी दिए । दाङका अन्य पालिकामा पनि यति बेला तिहारका लागि फूल तयार भइसकेका छन् ।