काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

441
shares

कास्की। पोखरा रङ्गशालामा यही कात्तिक १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप हुने भएको छ । उक्त प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टोली नेपाली सेनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सेपाक ताक्रो सङ्घका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दि ।

उनका अनुसार प्रतियोगितामा पुुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्टका खेलहरू सञ्चालन हुनेछन् भने महिलातर्फ रेगु र क्वार्ड विधामा खेलाइनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु ५० हजार, द्वितीय र तृतीय हुने टोलीले ४० हजार ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । नेपालमा विसं २०५८ देखि यो खेल खेल्न सुरु गरिएको हो ।

प्रतियोगिताले आसन्न १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई सहयोग पुग्ने र समक्ष खेलाडी उत्पादन हुने अध्यक्ष गुरुङले बताए । “राष्ट्रिय खेलकुदको तयारीका लागि नै यो प्रतियोगिता गरेका हौँ । यसबाट सहभागी टोलीले आफ्नो खेलाडीको प्रदर्शन मूल्याङ्कन गरी सुधार र खेल क्षमता विकासमा सहयोग पुग्ने विश्वास छ”, उनले भने । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन, प्रदेशमा राष्ट्रिय खेलाडी उत्पादन र राष्ट्रिय खेलाडीका बीचमा पारस्परिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए ।

गण्डकी प्रदेश सेपाक ताक्रो सङ्घका अध्यक्ष श्यामबहादुर श्रेष्ठले नयाँ खेलका रूपमा विकसित भई विश्वभरी आकर्षक र माग बढ्दै गएको यो खेल गण्डकी प्रदेशमा पनि विकासको चरणमा रहेको बताए । उनका अनुसार गण्डकीको नवलपरासीमा विशेषगरी यो खेल बढी खेल्ने गरिन्छ ।

पोखरामा सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस खेलमा पुरुषतर्फ दुई इभेन्टमा कास्य पदक र महिलातर्फ दुई खेल इभेन्टमा कास्य र रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी दिए । “पोखरामा राष्ट्रिय च्याम्पियनसिपको आयोजनाले युवा खेलाडीलाई खेल्ने अवसर मिल्नुका साथै स्थानीय, जिल्ला तथा प्रदेशस्तरीय खेलाडी तथा खेलप्रेमीलाई प्रतिस्पर्धात्मक खेलमा रुची बढाउने छ”, उनले भने ।

नेपाल सेपाक ताक्रो सङ्घले बर्सेनि देशका विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । सेपाकताक्रो खेल फुटबल, भलिबल र जिम्नाष्टिक खेलको मिश्रित खेल हो । थोरै खेलाडी तथा सानो ठाउँमा खेलिने र बलमा हावा पनि नरहेको प्लाष्टिक सिन्थेटिकबाट बनेको हुनाले उफ्रेर टाढा नजाने भएकाले नेपालजस्तो भूधरातलीय विकटता भएको स्थानमा प्रभावकारी हुने सङ्घले जनाएको छ ।