गृहपृष्ठ सामसङको ‘ग्यालेक्सी एफ-१३’ सार्वजनिक, के छ विशेषता ?
सामसङको ‘ग्यालेक्सी एफ-१३’ सार्वजनिक, के छ विशेषता ?
सामसङले नेपाली बजारमा नयाँ ग्यालेक्सी एफ-१३ सार्वजनिक गरेको छ । ग्यालेक्सी एफ-१३ मा ६.५४ इन्चको एफएचडी प्लस डिस्प्ले छ भने ६ हजार एमएएच ब्याट्री क्षमता दिइएको छ । यसले १५ वाटको फास्ट चार्जरलाई समर्थन गर्छ ।
यो नयाँ फोनमा आविष्कारी अटो डेटा स्वीचिङ विशेषता पनि दिइएको छ । यसमा भएको ८ जीबी र्याम र र्याम प्लस विशेषताले गेमिङ अनुभव लगायतलाई थप बढावा दिन्छ । यसमा अक्टा-कोर एक्जीनस ८५० प्रोसेसर जडित छ । यसको स्टोरेज क्षमता १ टीबीसम्म बढाउन सकिन्छ ।
ग्यालेक्सी एफ-१३ मा ५० मेगापिक्सलको ट्रिपल रिअर क्यामेरा दिइएको छ । यसका साथै फोनमा भएको अल्ट्रा वाइड क्यामेराले १२३ डिग्रीको दृश्यहरू कैद गर्न सकिन्छ । यसमा ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ ।
नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ-१३ वाटरफल ब्लु (निलो), सनराइज कप्पर र नाइटस्ककाई ग्रीन (हरियो) रंग विकल्पमा उपलब्ध छन् । कम्पनीले ४ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेजको भएको नयाँ 'ग्यालेक्सी एफ-१३ को बजार मूल्य २३ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।
ग्यालेक्सी एफ-१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको सामसङ नेपालको निर्देशक प्रणय रत्न स्थापतिले बताए । 'यसको विशेषतहरूले उपभोक्ताको आवश्यकता पूरा गर्नेमा हामी विश्वस्त छौं,' उनले भने ।
प्रकाशित समय : २०:०६ बजे



















