गृहपृष्ठ मादी हत्या काण्ड : ४ जनालाई आजीवन कारावास
मादी हत्या काण्ड : ४ जनालाई आजीवन कारावास
जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनाका विरूद्ध न्यायाधीश शान्तिप्रसाद आचार्यकाे इजलासले त्यस्ताे फैसला सुनाएकाे हाे ।
पक्राउ परेकामध्ये १७ वर्षीय एक किशाेरलाई भने २५ वर्षलाई आजीवन कारावासकाे अवधि मानेर त्यसकाे दुईतिहाइ बराबर हुने करिब १६ वर्ष कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । श्रेस्तेदार गाैतमका अनुसार प्रतिवादीहरूबाट पीडित पक्षलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएकाे छ । 'प्रतिवादी ४ जनाबाट जनही दुई लाखका दरले जम्मा ८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने आदेश भएकाे हाे,' उनले भने ।
संखुवासभामा एकै परिवारका ६ जनाकाे 'हत्या'
हत्या आरोपमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर, २८ वर्षीय लोकबहादुर कार्की, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लाेकबहादुरका भाइ १७ वर्षीय नरेश कार्की पक्राउ परेका थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । उनीहरू पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन् ।
गत भदौ २१ गते संखुवासभाकाे मादी नगरपालिका-१, उम्लिङस्थित खाेलागाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । तेजबहादुरका बुवा ९१ वर्षीय बौद्धमान मात्र बचेका थिए ।
संखुवासभा हत्याकाण्ड : ३ दिन बित्यो, उस्तै छ प्रहरीको जवाफ
प्रकाशित समय : २०:३९ बजे



















