गृहपृष्ठ मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल आयोजना हुने

मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल आयोजना हुने

मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल आयोजना हुने

दोस्रो संस्करणको मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताका लागि १७ जुलाइमा द ब्रिटिस कलेज थापाथलीबाट अडिसनमार्फत् सर्टलिस्ट तयार गरिने आयोजक फेलिज इन्टरनेशनलले जनाएको छ । 

प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवाहरुले सहभागिता जनाउन पाउने छन् । एसईई तथ प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सदलाई उपयोग गर्दै प्रतियोगिताबाट  उत्पादनशील बनाउन सकिने आयोजकको भनाइ छ । 

पूर्वमिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, सलिनमान बानियाँ, मोडल पुजा गिरी र कोरियोग्राफर रोजिन शाक्य निर्णायक मण्डलमा रहेका छन् । 

प्रतियोगिताको विजेताले टर्कीएको राजधानी इस्तानबुलमा आयोजना हुने टप मोडल अफ युनिभर्समा  सहभागिता जनाउन पाउने छन् । सो प्रतियोगिता १० अक्टोबर २०२२ मा टर्कीएको इस्तानबुलमा आयोजना हुने छ । 

यस्तै, विजेताले प्रतियोगिताको नलेज पार्टनर रहेको द ब्रिटिस कलेजमा २० लाख रुपैयाँसम्मको छात्रवृत्ति पाउने छन् । यस्तैगरी आयोजकको तर्फबाट १ लाख तथा विभिन्न उपहारसमेत प्राप्त गर्ने आयोजकले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत् जनाएको छ । फर्स्ट रनरअप तथा सेकेन्ड रनरअपले कलेजको तर्फबाट १५ लाखसम्मको छात्रवृत्ति पाउनेछन् भने सबै सहभागीले पहिलो वर्षमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् । 

पहिलो संस्करणमा मिस्टर टिनतर्फ पंकजसिंह ठकुरी तथा मिस टिनतर्फ स्वस्ती वैद्यले उपाधि जितेका थिए । २०१७ को विजेताले ब्राजिलमा भएको मिस टिन तथा मिस्टर टिन वर्ल्डमा सहभागिता जनाएको थियो । जसमा ठकुरीले फर्स्ट रनरअप भएका थिए भने मिस टिन वैद्यले बेस्ट स्माइल तथा बेस्ट नेसनल कस्ट्युम टाइटल हात पारेकी थिइन् । 

 

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु