काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालमा पनि देखियो ओमिक्रोनको सब-भेरियन्ट ‘बीए ५’

6.75K
shares

ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।

धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

भारत र अमेरिकामा पछिल्लो समय ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले संक्रमण बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड-१९ फेरि समुदायस्तरमा बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।