काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जसपाबाट को-को बन्दैछन् मन्त्री ?

7.38K
shares

जनता समाजवादी नेपाल (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवतः आजै सपथ हुने भएको छ । जसपाले भौतिकमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहयाय यादवलाई फिर्ता बाेलाएकाे हाे ।

आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले तीन जना नयाँ अनुहारलाई मन्त्रिमण्डलमा सिफारिस छन् । उनीहरूकाे सोमबार नै सपथ हुने बताइएकाे छ । मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको र सम्भवतः आजै सपथ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताएका छन् ।

जसपाले राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ ।