काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ओलम्पियन खेलाडीलाई नोबेल अस्पतालमा निशुल्क उपचार

6.98K
shares

नेपालका ओलम्पियन खेलाडीलाई नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले निशुल्क उपचार गर्ने भएको छ । ओलम्पियन खेलाडीको निशुल्क उपचारका लागि आइतबार नेपाल ओलम्पियन्स एसोसिएसन र नोबेल अस्पताल प्रालिबीच पाँच वर्षको सम्झौता भएको छ ।

एसोसियसनका अध्यक्ष दीपक विष्ट र अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा बरालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै ओलम्पिकमा भाग लिएका नेपाल भरीका खेलाडीहरु बिरामी भई उपचारका लागि नोबेल अस्पताल आएको खण्डमा अस्पतालले क्याबिनसहित निशुल्क उपचार सेवा उपलब्ध गराउनेछ ।

त्यस्तै खेलाडीका परिवार (आमा, बुवा, श्रीमान् वा श्रीमती र छोराछोरी)को लागि उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिनेछ । यसका लागि अस्पतालले छुटको कार्ड उपलब्ध गराउनेछ । जसमा खेलाडीको विवरण, फोटो, परिवारको सदस्यहरुको फोटो र विवरणमा ओलम्पियन्स संघले प्रमाणित गर्नुपर्नेछ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका खेलाडीहरु र उनीहरुको परिवारको सदस्यहरुको उपचारमा विशेष सुविधा दिने उद्देश्यले सम्झौता गरिएको अस्पतालले जनाएको छ ।