काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनआइसी एसिया बैंकको एयर टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’ योजना

5.68K
shares

एनआइसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआइसी एसिया मोबैंक) एपमार्फत् विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । 

बैंकले १२ असारदेखि १८ असारसम्म लागु हुने गरी ल्याएको हो । डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआइसी एसिया मोबाइल बैंकिङमार्फत् टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५०० अधिकतम एवं दोस्रोपटकबाट १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

 बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, आइपीओ आवेदनलगायतका सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।