काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनकाे मूल्य ९७ हजार ७०० रुपैयाँ पुग्याे

7.12K
shares

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हाे ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएकाे छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेकाे हाे ।