गृहपृष्ठ काठमाडौं वर्ल्ड स्कुलको ओपन हाउसमा एसईईका विद्यार्थी
काठमाडौं वर्ल्ड स्कुलको ओपन हाउसमा एसईईका विद्यार्थी
काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरको एकदिने ओपन हाउस-२०२२ कार्यक्रमलाई एसईई दिएर बसेका विद्यार्थीले अवलोकन गरेका छन् । एसईई सकाएर बसेको विद्यार्थीलाई लक्षित गर्दै आयोजित कार्यक्रममा विशेष कन्सर्टसमेत गरिएको थियो ।
काठमाडौं वर्ल्ड स्कुलकी मार्कटिंग एण्ड एडमिसन प्रमुख आरती आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिरका विद्यार्थीहरुको पनि सहभागिता रहेकाे बताइन् । करिब एक हजार विद्यार्थीले ओपन हाउसको अवलोकन गरेको उनकाे भनाइ छ ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी पनि गराइएको थियो । कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरसाइनीले स्कुलको भव्य भौतिक संरचनाले आकर्षित गरेको बताइन् । सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयबाट एसईई दिएकी उनले बाँकी अध्ययनका लागि बुझ्न आएको बताइन् ।
महोतरीबाट आएका रोशनकुमार महराले गाउँमै एसईई दिएको र अब यो स्कुलमा पढन चाहेको बताए । विज्ञान संकाय लिएर पढ्न चाहेका उनले स्कुलको अवलोकनपछि प्रभावित भएको बताएका छन् । अहिले यहाँ विज्ञान, व्यवस्थापन र ए-लेभलको पढाई हुँदै आएको छ ।
प्रकाशित समय : १६:५३ बजे





















