global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दोलखामा प्राविधिक गडबडीले रोकिएको निर्माणाधीन पुल भत्कियो

दोलखामा प्राविधिक गडबडीले रोकिएको निर्माणाधीन पुल भत्कियो

दोलखामा प्राविधिक गडबडीले रोकिएको निर्माणाधीन पुल भत्कियो

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो ।

त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको हाे । तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकेदारलाई निर्देशन दिएको थियो ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले ठेक्का सकारेर काम गर्दै आएको थियो ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु