काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

5.99K
shares

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । तेजावी सुनको प्रतिताेला मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएकाे छ । आइतबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।