nmb bank

गृहपृष्ठ भक्तपुरको आदर्श चोकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुरको आदर्श चोकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुरको आदर्श चोकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका-२ व्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु