nmb bank

गृहपृष्ठ ओमप्रकाश पुनसहित विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए राजीनामा

ओमप्रकाश पुनसहित विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए राजीनामा

ओमप्रकाश पुनसहित विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए राजीनामा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं । नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु