घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
वि.सं.२०७९ असार ८ बुधवार १७:१४
shares

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम भएकाे छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य समेत घटेको छ । मंगलबारको तुलनामा १० रुपैयाँ घटेर चाँदीकाे मूल्य आज १२ सय ५५ रुपैयाँमा आइपुगेको महासंघले जनाएकाे छ ।






















