global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एसपीओटू मनिटरिङका साथ ओप्पो ब्यान्ड उपलब्ध

एसपीओटू मनिटरिङका साथ ओप्पो ब्यान्ड उपलब्ध

एसपीओटू मनिटरिङका साथ ओप्पो ब्यान्ड उपलब्ध

मोबाइल फोनका साथै वेयरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको ओप्पोले लगातार ब्लड अक्सिजन मनिटरिङ सुविधा सहितकाे ओप्पो ब्यान्ड ल्याएकाे छ । जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन एसपीओटूको निगरानी गर्दछ ।

ओप्पो ब्यान्डले १२ वर्कआउट मोडहरू र अन्य सुविधाजनक विशेषताहरू यसमा समेटेकाे छ । जुन व्यस्त जीवनशैलीका लागि उपयुक्त छ । डिजाइनको कुरा गर्दा, ओप्पो ब्यान्डले ओप्पो एस्थेटिकलाई जारी राखी १.१ इन्च फुल कलर अमोल्ड स्क्रिनको साथ उपलब्ध गराएकाे छ ।

निरन्तर एसपीओटू मनिटरिङको : निद्रामा पनि तपाईको साथ

आजकल निद्रा नलाग्ने समस्या मध्यम उमेर वा वृद्धहरूका लागि मात्र नभएर युवायुवतीहरुमा देखिन थालेकाे छ । यसकाे मुख्य कारण तनाव, व्यस्त जीवनशैलीलाई औँल्याउन सकिन्छ । ओप्पो ब्यान्डको हेल्थ मनिटरिङ फङ्क्सनले विशेषतः निद्राको समस्या पत्ता लगाउन सहयोग गर्दछ । यसले सही निद्रा निगरानी हर्ट रेट निरन्तर एसपीओटू अनुगमन गर्दछ । यसका प्रयोगकर्ताको निद्रा समस्याकोे चौतर्फी रेकर्ड र विश्लेषण प्रदान गर्दछ ।

निरन्तर एसपीओटू निगरानी बिल्ट-इन अप्टिकल रगत अक्सिजन सेन्सरले गर्दछ । यो कम्पोनेन्टले ओप्पो ब्यान्ड प्रयोगकर्ता सुतिरहेको बेला रगत अक्सिजनको मात्राप्रति सेकेन्ड निरन्तर निगरानी गर्न सक्षम बनाउँछ ।

आठ-घण्टाको निद्रामा यसले २८,८०० पटक नन-स्टप एसपीओटू अनुगमन गर्छ । प्रयोगकर्ताको शरीरको अक्सिजनको मात्रा पूर्ण रूपमा मापन गर्दै यसको निरन्तर एसपीओटू मोनिटर र व्यावसायिक निद्रा मनिटरको साथ ओप्पो ब्यान्डले प्रयोगकर्ताहरूलाई स्वस्थ निद्रा बानीहरू विकास गर्न मद्दत गर्दछ ।

१२ वर्क आउट मोडसंग एक सक्रिय जीवन :

निद्रा सम्बन्धी समस्याहरू बाहेक, युवा वयस्कहरू सबैभन्दा बढी चिन्तित हुने अर्को स्वास्थ्य समस्या भनेको व्यायाम हो । र ओप्पो ब्यान्ड वर्कआउटलाई सजिलो बनाउँछ । यसमा दौडने, हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने, ब्याडमिन्टन, क्रिकेट, योग आदिलगायत १२ वटा अन्तर्निहित वर्कआउट मोडहरू छन् । जसले युवाहरू माझ लोकप्रिय भएका अधिकांश खेलहरूलाई समेट्छ ।

ओप्पो ब्यान्डले व्यायाम डेटा रेकर्ड गर्दै, प्रयोगकर्ताहरूले एपमा आफ्नो प्रोग्रेस जाँच गर्न सक्छन् र सक्रिय जीवन जीउन प्रेरणा प्रदान गर्दछ ।

दीर्घकालीन सुविधा :

ओप्पो ब्यान्डले प्रयोगकर्ताको स्मार्टफोन विस्तारको रूपमा पनि काम गर्न सक्छ । प्रयोगकर्ताहरूले सन्देश र कल सूचनाहरू प्राप्त गर्न सक्छन् । संगीत प्लेब्याक नियन्त्रण गर्न यसले सुविधा प्रदान गर्दछ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु