काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एन्फाका नवनिर्वाचित पदाधिकारीको सपथ आज

5.46K
shares

अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले बुधबार सपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुने भएको हो ।

सपथपछि नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्ने तयारी छ । एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी कर्माछिरिङ शेर्पा ६ मतले हारेका थिए ।

नवनिर्वाचित कमिटिको वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, विराट जंग शाही र दुर्गा बहादुर केसी छन् । महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा,  भरत बुढा थापा छन् ।

बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ । महासचिव र कोषाध्यक्ष मनोनित हुनेछन् ।