काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ओलीले नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि

5.86K
shares

अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदै छ । 

संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरु हुन लागेको हो । 

रिट सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन् । 

ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० जना गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरुलाई नियुक्त गरेका थिए ।