global ime bank Long Banner Ad

गृहपृष्ठ पिपुल्स पावरको आइपीओ खुला

पिपुल्स पावरको आइपीओ खुला

पिपुल्स पावरको आइपीओ खुला

पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ ।

इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नम्बर १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्ने छ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा आवेदकले २२ असारसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ५ साउनसम्म आवेदन दिने समय थप गरिने छ ।

आइपीओमा लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर, इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्सियल बैंकको राँके, मंगलबारे, वितौल साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २७ जेठमा सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु