मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक
वि.सं.२०८३ असोज २३ शुक्रवार १८:४०
shares

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक गरेका छन् । थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उनले प्रतिवेदन सार्वजनिक गर्को हुन ।
थारू जातिको लोक चित्रकाल, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहासलगायत प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिए । उनले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताए ।
























