काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चौधरी ग्रुपले ल्यायो क्रम्पटन ब्राण्डका एयर कुलरहरु

6.67K
shares

चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरि क्रम्पटन ब्राण्डअन्तर्गत विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरु रहेका छन् ।

क्रम्पटन ब्राण्ड भारतको सबैभन्दा पुरानो ब्राण्ड र कम्पनीहरु मध्ये एक हो । र यसमा उत्कृष्ट गुणस्तर, विश्वसनीयता, उत्कृष्ट इन्जिनियरिङ क्षमता, उत्पादन डिजाईन र ठूलो मात्रामा विश्वलाई प्रेरित गर्ने समृद्ध विरासत छ ।

क्रम्पटनले उपभोक्ताको आवश्यकतालाई अर्थपूर्ण समाधान प्रदान गर्ने नवीन उत्पादनहरु निर्माण गर्दछ । क्रम्पटनका उत्पादनहरु भिन्न हुनुका साथै उपभोक्ताहरुलाई ध्यानमा राखेर डिजाईन गरिएका हुन्छन् । हेर्दा निकै आकर्षक देखिने कुलरहरुमा अनेकौं विशेषता रहेको कम्पनीले जनाएको छ ।

त्यही विशेषताहरुमा हनिकम्ब प्याड, वाईड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समयसम्म चल्ने पम्प जसले कडा पानीमा पनि काम गर्दछ । क्राेम नब र सजिलो सफाईको लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभहरु, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता अद्धितीय विशेषताहरु यसमा रहेका छन् ।

साथै, क्रम्पटनका एयर कुलहरुमा १२ महिनाको वारेण्टी रहेको छ । क्रम्पटन ब्राण्डका एयर कुलरहरु चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालिले ल्याएको छ । क्रम्पटन ब्राण्डका थुप्रै अरु घरायसी उपकरणहरु पनि भविष्यमा थप्दै जाने कम्पनीले आफ्नो प्रेश विज्ञप्तिमा जनाएको छ ।