गृहपृष्ठ नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा सम्पन्न, ११ बोनस शेयर पारित

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा सम्पन्न, ११ बोनस शेयर पारित

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा सम्पन्न, ११ बोनस शेयर पारित

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७/७८ को नाफा नोक्सान हिसाबमा वाँडफाँडका लागि उपलब्ध रकमबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँको ११ प्रतिशत बोनस शेयर र नगद लाभांश ०.५७८९ प्रतिशत वितरण गर्ने प्रस्तावलाई साधारण सभामा सर्वसम्मतीले पारित गरेको छ । अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख पुग्नेछ ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न तथा देशका ग्रामिणस्तरसम्म बिमाको पहुँच पुर्‍याउन प्रधान कार्यालयसहित देशका विभिन्न क्षेत्रहरुमा ५९ वटा शाखा कार्यालयहरुबाट बिमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको थप शाखा संजाललाई बिस्तार गरिने जनाएकाे छ ।

देशको ग्रामिणस्तरसम्म सेवाग्राहीहरुलाई बिमा सेवाको पहुँच पुर्‍याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बिमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढ्ने कम्पनीकाे तयारी छ ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु