गृहपृष्ठ मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा

पोखरा — मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत प्रदेशभरका ग्राहकलाई बीमा सेवा थप सहज र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्रसहित मेटलाइफ नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

नयाँ कार्यालयबाट ग्राहकले बीमा सम्बन्धी परामर्श, पोलिसी सेवा तथा दाबीसम्बन्धी सहजीकरणलगायतका सेवा प्राप्त गर्नेछन्। त्यस्तै, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराउने कम्पनीले जनाएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेशमा कार्यालय स्थापना गर्नु कम्पनीको दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताए। उनका अनुसार प्रदेशस्तरमै कार्यालय सञ्चालनमा आएपछि ग्राहकसँगको प्रत्यक्ष सम्पर्क बढ्नुका साथै बीमा सेवा थप पहुँचयोग्य हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नयाँ कार्यालय सञ्चालनसँगै स्थानीय समुदायसँगको सहकार्य विस्तार, बीमा अभिकर्ताको क्षमता अभिवृद्धि तथा प्रदेशका व्यवसायिक संस्था र विभिन्न निकायसँगको समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको कम्पनी हो। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका योजना उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु