काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा शून्य समयः सांसदद्वारा जनसरोकारका विषयमा ध्यानाकर्षण

689
shares

सांसदहरूले चन्द्रागिरिको बौद्धस्तूपका लागि बजेट व्यवस्था गर्न, रोजगारीको अवस्था सिर्जना गर्न, चिकित्सक पलायन हुने अवस्थाको अन्त्य गरी सरकारी र निजी अस्पतालमा दिइने पारिश्रमिक दररेट समान गर्न, सबै निर्वाचन क्षेत्रमा एकरुपताका साथ बजेट विनियोजन गर्न, वन्यजन्तु आतङ्क र डुबानको समस्या समाधान गर्न र जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा जोड दिन अनुरोध गरे ।
शून्य समयमा माग लिनुहुने सांसदहरूले विधिविज्ञान प्रयोगशालाको क्षमता विस्तार गर्न, वैदेशिक रोजगार र विद्यार्थी भिषामा हुने गरेको ठगी नियन्त्रण गर्न, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समास्या समाधान गर्न, भूमिहिनलाई सट्टा जग्गा उपलब्ध गराउन, गुणस्तरीय सेवा नपुगेका नलगाडलगायतका क्षेत्रमा दूरसञ्चार क्षमता विस्तार गर्न, हेलो सरकारको प्रभावकारितामा जोड दिन र अपाङ्गता भएका, यौनिक अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको मागलाई प्राथमिकता दिई सम्बोधन गर्न सम्बन्धिित पक्षको ध्यानाकर्षण गराए ।

यसैगरी, सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न, भक्तपुरस्थित सुधारगृहमा भएको हत्या प्रकरणको छानबिनसहित सुधारगृहको सुरक्षा कदम चाल्न, सिंहदरबारभित्र आमजनताको पहुँच बढाउन, मधेस प्रदेशमा सर्पदंशका लागि ‘एन्टिभेनम’को पर्याप्त व्यवस्था गर्न र सर्वशुलभ रुपमा ग्यासको व्यवस्था गर्न, सुशासन, पारदर्शितासहित जनमुखी नीति तथा कार्यक्रमसहित देश र जनताका पक्षमा देखिने गरी काम गर्न सरकारसँग उनिहरूले अनुरोध गरे ।

आजको शून्य समयमा सांसदहरू डा अचुतम लामिछाने, अनुष्का श्रेष्ठ, अभिषेकप्रताप शाह, अफसना बानु, अरबिन्द साह, अर्जुननरसिंह केसी, आकृति अवस्थी, आरेन राई, आशिष गजुरेल, इन्दिरा रानामगर, एलिजा गुरुङ, यशोदाकुमारी बराल, ओजस्वी शेरचन, अङ्किता ठाकुर, कमल सुवेदी, करिश्मा कठरिया, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुसुम महर्जन र कोमल ज्ञवालीले भाग लिएको थिए ।

यसैगरी, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खड्कबहादुर बुढा, खड्ग शाही, खुस्बु ओली, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गणेश पौडेल, खिमा विक, गणेश विक, गणेशसिंह ठगुन्ना, गीता गुरुङ, गीताकुमारी सेन्दाङ, गोविन्द पन्थी, गङ्गा छन्त्याल, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंह, चन्देश्वर मण्डललगायतका सांसदले आआफ्नो निर्वाचन क्षेत्रका समस्यासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको थिए।