गृहपृष्ठ रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान
रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान
काठमाडौं — रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा भएको कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरू सहभागी थिए।
कार्यक्रममा MDRT (मिलियन डलर राउन्ड टेबल) हासिल गरेका अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। उनीहरूलाई कम्पनीको व्यवसाय विस्तार, बीमा सेवाको प्रवर्द्धन र ग्राहक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा प्रा. डा. भगवान कोइराला र डा. विष्णुप्रसाद रेग्मीले स्वास्थ्य, जीवन र पेशागत विकाससम्बन्धी उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूलाई कम्पनीको सफलताको प्रमुख आधारका रूपमा उल्लेख गर्दै उनीहरूको मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे।
कार्यक्रममा बीमा व्यवसाय विस्तारका सम्भावना, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफलसमेत गरिएको थियो। सहभागी अभिकर्ताबीच अनुभव आदानप्रदान तथा सफलताको यात्राबारे अन्तरक्रियात्मक सत्र पनि सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा र व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै आएको जनाएको छ।
प्रकाशित समय : १७:३० बजे


















