गृहपृष्ठ बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

वीरगञ्ज । अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी यही साउन २८ र २९ गते विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

“आकस्मिक रूपमा अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन २८ र २९ गते अनिवार्य रूपमा बिहानी सत्रमा बिहान ६ः०० बजेदेखि ०९ः३० बजेसम्म सम्पूर्ण विद्यालयले कक्षा सञ्चालन गर्नु गराए । आदेशानुसार जानकारी गराइन्छ”, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु