गृहपृष्ठ नाइमा मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष अफर
नाइमा मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष अफर
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पोमा बैंकिङ पार्टनरका रूपमा सहभागी बैंकले सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत सेवा शुल्क र आधारदरमा वार्षिक थप १ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने भएको हो।
बैंकको यो विशेष योजना साउन २६ देखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६, २०२६ सम्म सञ्चालन हुने एक्स्पो अवधिभर लागू हुनेछ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। यस योजनाले ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकताअनुसार सवारी साधन खरिदमा सहयोग पुग्ने बैंकले जनाएको छ।
थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित समय : १७:४९ बजे

















